Freedom Chautary
Freedom Chautary
67. प्रजातन्त्र र हालको राजनीतिक अवस्था
/

दुई हजार सात साल फागुन ७ गते । नेपाली इतिहासको सवैभन्दा सुनौलो दिन । यस कारणले सुनौलो कि त्यसै दिनबाट नेपालले अँध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरेको थियो – त्यो दिनदेखि नेपालमा प्रजातन्त्र स्थापना भएको थियो । युगान्तकारी दिन, परिवर्तनको उज्यालो लिएर आएको दिन र फेरि कहिल्यै अँध्यारो युगतिर नफर्कने बाचा गरेको दिन । तर, त्यस्तो ऐतिहासिक र युगान्तकारी दिनलाई केही वर्षदेखि महत्वहीन दिनको रुपमा सरकारले हेर्न थालेको महसुस नेपाली जनताले गर्न थालेका छन् । त्यस राष्ट्र रुपान्तरणको प्रवेश दिनलाई राष्ट्रिय दिवसको रुपमा मान्नुपर्नेमा उल्टै सार्वजनिक विदासमेत कटौती गरिएको छ । यसले नयाँ पुस्तालाई प्रजातन्त्रको भावनात्मक हस्तान्तरणलाई अवमूल्यन गरेको ठानिएको छ । प्रजातन्त्रको महत्व प्रजातन्त्रवादीका लागि मात्र होइन प्रजातन्त्र विरोधीहरुका लागि पनि समान हुन्छ किनभने यो समानता र समताका लागि प्रत्याभूति दिने शासन व्यवस्था हो । हामीले प्रजातन्त्र स्थापना भएको दिन फागुन ७ लाई राष्ट्रिय रुपमा मनाउनुपर्नेमा नेपाल सरकारले कान्तिविहीन रुपमा मनाएको छ । यसैको सेरोफेरोमा वरिष्ठ राजनीतिकशास्त्री तथा प्रसिद्ध राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालसँग प्रजातन्त्र र हालको नेपाली राजनीतिक अवस्था तथा संघीयतामा प्रजातन्त्रको उपयोग कसरी भएको छ भन्ने विषयमा छलफल गरेका छौं । छलफलमा हुनुहुन्छ प्राध्यापक कृष्ण खनाल र वरिष्ठ पत्रकार तथा फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारी । सुनौं, आजको पडकाष्ट |