Freedom Chautary
Freedom Chautary
124. साइबर अपराध र विधुतीय कारोबार ऐनको कार्यान्वयन अवस्था
/

इन्टरनेट र सूचना प्रविधिको विकास सँगै नयाँ अवसरहरुको सृजना भएका छन् । साथै यसका विभिन्न चूनौतिहरु पनि नभएका हैनन् । विधुतिय सामाग्रीको प्रयोगबाट हुने साइबर अपराधका समाचार हामी दिनहुँ सुन्दै आईरहेका छौँ ।

नेपालमा विधुतीय कारोबारको नियमन गर्ने उद्देश्यले विधुतिय कारोबार ऐन ल्याइएको थियो । तर यस ऐनको प्रयोग गरि नागरिक, कलाकार र पत्रकारको अभिव्यक्ति स्वतन्त्रता र वाक स्वतन्त्रतालाई कुण्ठित गर्ने अभ्यास भइरहेका घटनाहरु पनि हामीले देखिनै रहेका छौँ । त्यस्तै, यस ऐनको कार्यान्वयनका विषयमा नागरिक समाज र प्रहरी वीच फरक धारणा रहँदै आएको छ ।

नेपालमा विधुतिय कारोबार ऐनको कार्यान्वयनको अवस्था कस्तो छ.? के के मा सूधार आवश्यक छ ? भन्ने विषय समेट्दै गरिएको एक अध्ययन आजको पडकाष्टको विषय रहेको छ ।

विधुतिय कारोबार ऐन अन्तर्गत अदालतमा दर्ता भएर फैसला भएका १०० मुद्दाहरुको विश्लेषणमाथि आजको पडकाष्टमा छलफल गर्दै हुनुहुन्छ नानु मैँया खड्का र सुरज राय ।

सुनौँ फ्रिडम चौतारी पडकाष्टको १२४ औँ अंक :