Freedom Chautary
Freedom Chautary
51. दण्डहीनताको निरन्तरता
/

नेपालको पछिल्ला दशकहरु प्रेसका लागि असुरक्षित रहेका छन् । असुरक्षित प्रेसले राज्यप्रतिको खवरदारीको भूमिका निर्वाह गर्न सकेको छैन । नेपालमा पछिल्लो समय प्रेस स्वतन्त्रता उल्ङ्घनका हजारौं घटनाहरु बढेर गएका छन् । धेरै सञ्चारकर्मी तथा पत्रकारहरु मारिएका छन्, थुप्रै पत्रकार घाइते भएका छन् । तर, यी घटनाहरु कानुनको दायरामा कमै मात्रामा आएका छन् । यो दण्डहीनताको अवस्था हो ।  दण्डहीनताको अर्थ अपराधीले सजाय नपाउनु हो । नेपालमा द्धन्द्धोत्तरकालमा समेत दण्डहीनता कायम रहनुले राज्यका निकायप्रतिको जनविश्वास कम हुदैँ गएको प्रमाणित हुन्छ । द्धन्द्धकालीन समयमा हत्या गरिएका तथा बेपत्ता पारिएका घटनाको तत्काल छानविन गरिनु आवश्यक छ । सशस्त्र द्धन्द्धकाल र वृहत शान्ति सम्झौता पश्चात बेपत्ता पारिएका तथा हत्या गरिएका चार पीडित परिवारको कथा साथै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको भनाई समेटेका छौं । सुनौं आजको पडकाष्टमा |