Freedom Chautary
Freedom Chautary
76. नेपाली पत्रकारिताको अहिलेका चुनौति र भोलीको बाटो
/

कोभिड – १९ को संक्रमणको त्रासले नेपाल पुरै यतिबेला लकडाउनमा छ। महामारीको यो भूमरीबाट कोही पनि र कुनै पनि क्षेत्र अछुतो छैन। यसको बहुआयमिक असर प्रभावबारे छलफल पनि चलीरहेकै छ। आजको फ्रिडम चौतारी पडकाष्टमा हामी नेपाली मिडिया जगतलाई पारेको प्रभावबारे यस्तै एउटा बहस प्रस्तुत गर्दैछौ ।

यस बहसको आयोजना गरेको हो गणेशमान सिंह अध्ययन प्रतिष्ठानले । १८ वैशाख २०७७ मा भएको यो बहसमा हुनुहुन्छ नेपाली पत्रकारिता जगतका पाँच हस्तीहरु। नेपालका बरिष्ठ पत्रकार तारानाथ दाहाल, बिष्णु निष्ठुरी र धर्मेन्द्र झा अनि सम्पादकद्वय प्रतिक प्रधान र बबिता बस्नेत । यो छलफल जुम मार्फत सन्चालन गर्दै हुनुहुन्छ पत्रकार एवं पत्रकारिताका अध्यापक जगत नेपाल।

फ्रिडम चौतारी पडकास्टले प्रतिष्ठानसॅगको अनुमतिमा आवश्यक सम्पादन गरेर सो छलफल यहॉ प्रस्तुत गरेको हो। सुनौ, कोरोना महामारी पछिको नेपाली पत्रकारिता क्षेत्रका चुनौति र भोलीको बाटोबारेको गहन बहस :